
धादिङ । धादिङ अस्पतालको अध्यक्ष पदमा आज राजाराम रिजालले पदभार ग्रहण गरेका छन् । अध्यक्षमा पदभार ग्रहण गरे सँगै अध्यक्ष रिजालले चार बुँदे प्रतिवद्धता समेत गरेका छन् । बागमती प्रदेश सरकारले प्रदेश स्वास्थ्य सेवा अध्यादेशको दफा २६ ख बमोजिम काम कर्तव्य र अधिकार सम्पादन गर्न सोही अध्यादेशको दफा २६ क उपदफा ८ बमोजिम पदावली कायम हुने गरि धादिङ अस्पतालको अध्यक्ष पदमा रिजाललाई बिहिबार नियुक्त गरेको थियो।
यी हुन् अध्यक्षको पदभार ग्रहणमा रिजालले गरेका ३ प्रतिवद्धता
१. ५ बेडको सघन उपचार कक्ष (आईसीयु) तत्काल सञ्चालन संचालनमा ल्याईने
२. हाल ५० बेडमा संचालित अस्पताललाई १०० बेडमा स्तरोन्नति गर्ने ।
३. २०० बेड क्षमताको अस्पतालको मूल भवन तत्काल डीपीआर गरी निर्माण कार्य अगाडी बढाउने ।
४. धादिङ अस्पतालमा सिटी स्क्यान सेवा उपलब्ध गराउने ।
पदभार ग्रहण कार्यक्रममा जिल्ला अस्पताल धादिङका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. मधुकर दाहालले नव नियुक्त अध्यक्ष रिजाललाई स्वागत गरेका थिए भने कार्यअवधी पुरागरी निवर्तमान अध्यक्ष महेन्द्र धमलाई मायाँको चिनो सहित विदाई गरेका थिए ।
नव नियुक्त राजाराम रिजालको व्यक्तिगत प्रोफाईल
१. ०६८ देखि ०७१ सम्म स्थानीय शान्ति समितिको कार्यालय प्रमुख
२. ०७४ देखि ०७६ सम्म पुननिमार्ण प्राधिकरण धादिङ अन्तरगत भुकम्प प्रतिरोधात्मक फिल्ड सुपभाईचर
३. नीलकण्ठ २ को नीलकण्ठ माविको विव्यस सदस्य
४. नीलकण्ठ नगरपालिकाको नगरपालिकाको न्यायिक समितिको मध्यस्थकर्ता
५. नीलकण्ठ सामुदायीक केन्द्रको कार्यसमिति सदस्य
६. माओवादी केन्द्र धादिङको सदस्य
७. शैक्षिक योग्यता, स्नाकोत्तर तर उत्तिर्ण, हाल कानून विषयमा स्नातक तहमा अध्ययनरत
