
धादिङ । नीलकण्ठ नगरपालिका वडा नं ३ मा संचालित नमुना बौद्धिक अपाङ्गता विशेष विद्यालयमा नीलकण्ठ क्याम्पसका विद्यार्थीहरुले न्यानो कपडा वितरण गरेका छन् ।
नीलकण्ठ क्याम्पसको अंग्रेजी तथा समाज शास्त्र विभाग (बीए/बीएसडब्लु) का विद्यार्थीहरुले क्याम्पसमा अध्ययनरत विद्यार्थी र शिक्षकहरुबाट ब्यक्तिगत सहयोग उठाइ विशेष विद्यालयमा अध्ययनरत २६ जना विद्यार्थीहरुलाई जाडो यामका कपडाहरु तथा मन्जन–ब्रस वितरण गरेका हुन् ।

अंगे्रजी तथा सामाजिक शास्त्र संकायमा अध्ययन गर्ने विद्यार्थीहरुलाई सामाजिक समस्याहरु संग साक्षात्कार गर्न, हेर्दा सामान्य लाग्ने तर जनजीवनमा ठुलो प्रभाव पार्ने समस्या पहिचान गरी समस्या न्युनिकरण गर्न प्रेरित गराउने उद्येश्यले विद्यालयमा पुगेर सहयोगका साथै अन्तरक्रिया कार्यक्रम गरिएको क्यामपसको विभागीय प्रमखु सीता श्रेष्ठले बताईन् ।
क्याम्पसमा अध्ययन गर्दा पाठ्यक्रममा समेत सामाजिक समस्याहरुको पहिचान र समाधानका उपायहरुको बारेमा अध्यापन गराउनु पर्ने र सामाजिक कार्यहरुमा संलग्न गराउनु पर्ने रहेकाले विद्यार्थीहरुलाई प्रयोगात्मक अभ्यासको लागि पनि कार्यक्रम संचालन गरिएको क्याम्पसले जनाएको छ ।
अन्तरक्रिया कार्यक्रममा विशेष विद्यालयका प्रधानाध्यापक शर्मिला अधिकारी रिजाल, नीलकण्ठ क्याम्पसमाअंगे्रजी तथा सामाजिक शास्त्र संकायमा अध्ययनरत ४१ जनाविद्यार्थीहरु तथा क्याम्पसका शिक्षकहरु नवराज सापकोटा, सिताराम महत रामकुमार श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।

नीलकण्ठ क्याम्पसले गत शैक्षिकशत्र देखि मानविकी संकाय अन्तरगत स्नातक तहमा बीएसडब्लु कार्यक्रम संचालन गरिरहेको छ । समाजका गतिविधिहरुमा प्रत्यक्ष रुपमा संलग्न भएर अध्ययन अध्यापन हुने विषयमा भएकाले उक्त विषय प्रति विद्यार्थीहरुको आकर्षण बढेको छ । नयाँ शैक्षिक सत्र २०७९÷८० को लागि उत्त mविषयमा नयाँभर्ना खुलेको क्याम्पसले जनाएको छ ।


