सल्यानटारमा जारी दरै कपको उपाधी दमौलीले जित्यो

Avatar photo
Dhadingpost
कार्तिक ८, २०७९

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका स्थित सल्यानटारमा सम्पन्न प्रथम दरै कप 7A Side फुटबल प्रतियोगिताको उपाधी तनहुँको दमौलीले जितेको छ ।

अर्गौता युवा क्लब त्रिपुरासुन्दरीले आयोजना गरेको यस प्रतियोगितामा १३ टिमले सहभागिता जनाएका थिए । आज भएको दमौदी र बन देबी युवा क्लव बीच भएको फाईनल खेलमा निधिरित समय गोल रहित भएपछि भएको पेनाल्टीमा तनहुँको दमौंलीले धादिङको बनदेवि युवा क्लवलाई हराएको हो ।

प्रतियोगिताको उपाधी जिते सँगै दमौलीले ४४ हजार ४४४ रुपैयाँ हात परेको छ, भने उपविजेतामा रोकिएको बन देबीले २५ हजार ५२५ रुपैयाँमा चित्त बुझाउन वाध्य भएको छ ।

x