वृद्धभत्ता बुझेर आउँदै गर्दा भीरबाट धकेलेर भाइको हत्या

Avatar photo
Dhadingpost
कार्तिक ४, २०७९

काठमाडौं । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकामा आफ्नै दाजुले भाइको हत्या गरेका छन् । बुधबार भुमिकास्थान नगरपालिका १ खलाधारा भीरबाट लडी साम्नेगाँउ निवासी ७० वर्षका वीरबहादुर गमालको मृत्यु भएको थियो ।

प्रहरीका अनुसार बुधबार दिउँसो करिब ४ बजेको समयमा वीरबहादुर गमाल र उनका ७४ वर्षीय दाजु हिमबहादुर गमालले भत्ता बुझेपछि हिँड्दै घर फर्केका थिए । घर फर्किदै गर्दा बेलुकी ७ बजेको समयमा बाटोमा लेनदेको विषयमा दुई भाइको सामान्य विवाद भई धकेला धकेल हुँदा भिरबाट धकेली भाइको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए ।

हिमबहादुर गमाललाई पक्राउ गरी जिल्ला अदालत अर्घाखाँचीबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताए । गमालको शव बाटोदेखि झन्डै ८० मिटर तल खसेको अवस्थामा फेला परेको थियो । अन्नपुर्णपोष्टबाट

x