एमाले विरोधीहरुको कुप्रचार बढी भो -खेम लोहनी

Avatar photo
Dhadingpost
कार्तिक १, २०७९

धादिङ । एमालेका केन्द्रिय सदस्य एवम् धादिङ प्रतिनीधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार खेम प्रसाद लोहनीले एमाले विरोधीहरु जनतामा आफ्ना एजेण्डा लानु भन्दा कु प्रचार गर्न मै व्यस्त रहेको बताएका छन् । एमाले नीलकण्ठको विस्तारित बैठकका प्रमुख अतिथि समेत रहेका उम्मेदवार लोहनीले विरोधीहरु एजेण्डा छाडेर एमालेको संगठन भत्तकाउन सकिन्छ कि भनेर लागेका छन, त्यो कुप्रचारको नतिजा चुनावबाट देखाई दिन कार्यकर्ताहरुलाई आग्रह गरेका थिए ।

हाम्रो संगठन भत्तिएको छैन झनै मजबुद छ, पार्टीका सबै अंगहरु चुनाव केन्द्रित बनेर एमालेको जितका लागि लाग्न निर्देशन दिँदै लोहनीले टिकट कस्ले पायो, कस्ले पाएन, त्यो समिक्षा नगरौं टिकट पार्टी केन्द्रले दिएको हो, अब एमाले जिताउन एमालेको विकास र समृद्धिको एजेण्डा लिएर जनताकोमा जान कार्यकर्ताहरुलाई निर्देशन गरेका थिए ।

बैठकमा धादिङ क्षेत्र नम्बर २ प्रदेश (क) का उम्मेदवार डा. रामकुमार अधिकारी , नेताहरु राम प्र अधिकारी, क्रान्ति बुर्लाकोटी, जिल्ला अर्जुन श्रेष्ठ, राधिका सापकोटा, गंगादेवि श्रेष्ठ लगाएको आतिथ्यता रहेको थियो ।