बेनीघाट रोराङका अध्यक्षको क्रिकेट चासो, भेटे पालिकाका खेलाडी

Avatar photo
Dhadingpost
अशोज २८, २०७९

धादिङ । यहि कार्तिक १ देखि ६ गते सम्म हुन गहि रहेको धादिङ जिल्ला स्तरीय अन्तरपालिका क्रिकेट प्रतियोगिताकाको लागि पालिकाका तर्फबाट २ लाख नगद सहयोगको घोषणा गरेका बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक) ले आज आफ्नो गाउँपालिकाका क्रिकेट खेलाडीहरुलाई भेटेका छन् ।

आफ्नै कार्यकक्षमा बोलाएर कस्तो छ, हाम्रो गाउँपालिकाको क्रिकेट टिम ? भनेर चासो राखेका थिए । खेलाडीहरुले टिम राम्रो रहेको बताई रहँदा अध्यक्ष थपलियाले हाम्रो पालिकाले हार्न हुँदैन त्यसका लागि कसरी तयार गर्नुपर्छ गर्नोस्, पालिकाले गर्नु पर्ने सबै सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।