
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले बिहिबार साँझ ६७ औँ प्रहरी दिवस २०७९ को अवसरमा एमाले चोक भनेर चिनिने पुछारबजार चोक (सडक) मा भिडियो प्रदर्शन कार्यक्रमको आयोजना गर्यो ।
विगतका हरेक कार्यक्रमहरुमा खचाखच हुने यो चोकको कार्यक्रममा विहिबार प्रहरीले प्रदर्शन गरेको भिडियो हेर्नेको संख्या भने न्यून रह्यो । साँझ ७ बजे सडकमा मै प्रोजेक्टरबाट देखाईएको उक्त भिडियोमा लागु औषध, सवारी दुर्घटना तथा न्युनिकरण, विद्युतिय अपराध, चोरी तथा ठगी, लैंगिक हिंसा रोकथाम तथा न्युनिकरण, बाल अपराध, यौन हिंसा, प्रहरी सेवा जस्ता विवध विषयहरु समेटिएका थिए ।










































