खेम लोहनी एमाले रहँदा सम्म, म एमालेमा रहन्न -घले

Avatar photo
Dhadingpost
अशोज २६, २०७९

धादिङ । जबसम्म खेम लोहनी एमालेमा रहन्छन् । तबसम्म म एमालेमा रहन्न ।’ आफूमाथि खेम लोहोनीले अपराध गरेको एमाले धादिङका उपाध्यक्ष धनबहादुर घलेले बताएका छन् । धादिङ प्रतिनीधि सभा क्षेत्र नम्बर २ प्रदेश (ख) बाट उम्मेदवारी दिएका एमाले धादिङका उपाध्यक्ष धनबहादुर घलेले आफ्नो इच्छा विपरित खेम लोहनीले किर्ते गरेर आफ्नो उम्मेदवारी फिर्ता गरेको आरोप लगाएका छन् । म काठमाडौं छु, मलाई कसैले सोधेको पनि छैन र मैले मन्जुरी दिएको पनि छैन तर मेरो उम्मेदवारी फिर्ता भो रे यो किर्ते भएको धादिङपोष्ट सँग कुरा गर्दै घलेले बताए ।

निर्वाचन कार्यालय धादिङले दलको पत्रको आधारमा एमालेबाट प्रदेश सभा उम्मेदवार बनेका घलेको उम्मेदवारी रद्द भएको जनाएको छ । तर, निर्वाचन आयोगले नै जारी गरेको नियमावलीमा भने दलको पत्रको आधारमा उम्मेदवारी रद्द गर्न पाउने व्यवस्था छैन । जारी भएको नियमावलरुी अनुसार कुनै पनि उम्मेदवारले आफ्नो नाम उम्मेदवारको नामावलीबाट फिर्ता लिन चाहेमा निर्वाचन कार्यक्रम बमोजिम उम्मेदवारको नाम फिर्ता लिन तोकिएको समयअवधि भित्र निर्वाचन अधिकृत समक्ष आफ्नोना फिर्ता लिन सक्ने उल्लेख छ । नाम फिर्ता लिएको सुचना उम्मेवार आफैले वा निजको निर्वाचन प्रतिनिधिले दाखिला गर्नुपर्ने समेत उल्लेख छ ।