धादिङमा एकै दिन ९० जनामा डेंगु संक्रमण पुष्टि

Avatar photo
Dhadingpost
अशोज २६, २०७९

धादिङ । पछिल्लो २४ घण्टाको तथ्याङ्क सार्वजनिक गर्दै स्वास्थ्य कार्यालयले मंगलबार धादिङमा ९० जनामा डेंगु संक्रमण देखिएको मध्य ६४ जना नीलकण्ठको मात्रै रहेको जनाएको छ । मंगलबार धादिङमा पुष्टि भएका डेंगु संक्रमितहरुमा ५४ जना पुरुष छन् भने ३६ जना महिला छन् । यो सँगै जिल्लामा डेंगु बिरामीको संख्या १ हजार ८६ पुगेको छ । जिल्लाका ६ सय ११ जना पुरुष र ४ सय ७२ जना महिला गरी १ हजार ८६ जनामा संक्रमण पुष्टि भएको छ ।

यो पछिल्लो साता धादिङमा डेंगु ह्वात्तै बढेको छ । असोज १७ गते देखिको तथ्याङ्क
असोज २५ गते ९० जना
असोज २४ गते २९ जना
असोज २३ गते ५० जना
असोज २२ गते ४० जना
असोज २१ गते २४ जना
असोज २० गते ३६ जना
असोज १८ गते ४० जना
असोज १७ गते २० जना