धादिङमा डेंगु बढ्दो आजै ४० जना संक्रमित

Avatar photo
Dhadingpost
अशोज २२, २०७९

धादिङ । धादिङमा दैनिक डेंगु संक्रमितहरु बढी रहेका छन् । आजै मात्रै ४० जनामा डेंगु संक्रमण भएको पाईएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । डेंगु नियन्त्रणका लागि सरोकारवाला निकायहरु पछिल्लो समय मौन देखिएका छन् भने स्थानीयहरु समेत डेंगु नियन्त्रणमा सहभागी भएका पाईएको छैन ।

देशभर फैलिरहेको डेंगुबाट धादिङमा मात्रै साउन यता ९२७ भन्दा बढी संक्रमित भईसकेको छन् । स्वास्थ्य कार्यालय धादिङले जनाए अनुसार पछिल्लो २४ घण्टामा संक्रमित हुनेमा नीलकण्ठमा मात्रै ३० जना छन् यस नगरपालिकामा यो समेत गरि ५२६ जना संक्रमित भई सकेका छन् ।