ताल्ती गोलकप मलेखुले जित्यो

Avatar photo
Dhadingpost
अशोज १४, २०७९

धादिङ । धादिङको बेनीघाट गाउँपाकिला वडा नम्बर २ ताल्तीमा उज्यालो युवा समाजले आयोजना गरेको ताल्ती 7A साइड गोलकप भद्रकाली सामुदायीक विकास समाज मलेखुले जितेको छ । असोज ११ गते देखि भएको उक्त फुटबल प्रतियोगितमा १० टिमले भागलिएका थिए ।

भद्रकाली सामुदायिक विकास समाज विजेता बने सँगै नगद ३० हजार हात पार्यो भने उप विजेतामा रोकिएको उज्यालो युवा समाज १५ हजार नगद पाएको थियो । प्रतियोगितामा उत्कृष्ट गोल रक्षक, उत्कृष्ट गोल कर्ता, लगायतलाई वडा अध्यक्ष हेमराज भुजेललले पुरस्कार वितरण गरेका थिए ।