
धादिङ । आपत/विपतमा रेडक्रस, हामी सबैले बुझेको यहि हो तर रेडक्रसको सहयोग लिने प्रक्रिया हेर्दा आपतमा हैन फुर्सदमा सहयोग जस्तो हुन थालेको छ । यस्तै देखियो मंगलबार रेडक्रस शाखा धादिङ परिसरमा । बेनीघाट रोराङ गाउँपालिका १० ताकथली निवासी जंगबहादुर चेपाङको घर शनिबार दिउँसो आगलागी भयो धनमाल, अन्तपात र लत्ता कपडा खरानी भयो । उनी अत्यासमा परे साथीभाई/संगीहरुले सहयोगको याचना गरे मिडियामा समाचार आए गाउँपालिकाले आईतबार अफिस खुल्ना साथ आपतकालिन सहयोग भन्दै नगद १५ हजार सहयोग गर्यो ।
यो बीचको अपतमा, पीडित परिवारले भन्दा रेडक्रसले पीडित खोज्नु पर्ने थियो, तर पीडित चेपाङ रेडक्रस उपशाखा, प्रहरी मुचुल्का, पालिका तथा वडाको सिफारिसका लागि दौडधुपमा रहे । कागजी प्रक्रिया पुरा गरि मंगलबार धादिङबेसी सदरमुकाम स्थित रेडक्रस जिल्ला शाखामा आएर उनले लत्ता कपडा, कम्बल, भाडाकुडा, बाल्टी र म्याट बुझे ।
रेडक्रसको यति जिन्सी सामानको लागि पीडितहरुलाई किन हैरानी ? रेडक्रसकर्मीहरु घरमै पुगेर हस्तान्तरण गरेको भए के हुन्थ्यो । जतिवेला आपत त्यतिबेला रेडक्रसको सहयोग के फरक पर्दथ्यो । आगामी दिनमा रेडक्रसले सिफारिसलाई भन्दा पीडितको अवस्तालाई ध्यान दिँदै सहयोग गर्नुपर्दछ ।


























