ताकथली स्थित जंगबहादुर चेपाङको घरमा आगलागी

Avatar photo
Dhadingpost
अशोज ८, २०७९

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका १० ताकथली निवासी जंगबहादुर चेपाङको घरमा आगलागी हुँदा घर पूर्ण रुपमा जलेको तिलक चेपाङले जानकारी दिएका छन् ।

आगलागीबाट घरमा रहेको मकै, चामल, ४ जनाको नागरिकता र दशैं मान्न भनेर साहु सँग ऋण खोजेर ल्याएको नगद ३० हजार र लत्ताकपडा सम्पुर्ण जलेर नस्ट भएको स्थानीय शिक्षक नबिन्द्र चेपाङलाई उदृत गर्दै उनले बताए ।

बाच्चाहरु कारण मकैको खोस्टाबाट आगलागी भएको बताईएको छ । हरेक साल चेपाङका करिव १५ घरमा बालबालिकाका कै कारण आगलागी हुँदै आएको विगतको इतिहासले पुष्टि गर्दछ ।