
धादिङ । राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनफएपिजे) ले संस्था स्थापनाको २५ औं वर्षगाँठको अवसर पारेर आयोजना गरेको राष्ट्रिय फोटोपत्रकारिता अवार्डमा धादिङका सन्तोष श्रेष्ठले बागमती प्रदेश स्तरीय फोटोपत्रकारिता अवार्ड जितेका हुन् ।
बागमति प्रदेश उत्कृष्ट फोटोपत्रकारिता अवार्ड विधाको नोमिनेशनमा पर्न सफल उत्कृष्ट ५ जना फोटोपत्रकारहरु अर्जुन श्रेष्ठ, पेमा लामा, राजेन्द्र गजुरेल, सन्तोष श्रेष्ठ र शंकर श्रेष्ठ मध्य सन्तोष श्रेष्ठले अवार्ड हात पारेका हुन् ।
अवार्डका विधागत उत्कृट ५ मा ‘नेपाल टेलीकम दैनिक जीवन फोटोपत्रकारिता अवार्ड’का लागि अनन्ता भण्डारी,मनिस अर्याल,नविन वावु गुरुङ,प्रेम थापा र सुनील शर्मा मनोनयनमा परेकोमा आर्थिक अभियानकर्मी शर्माले अवार्ड हात पारेका हुन्।
कृषि विकास बैंक खेलकुद फोटोपत्रकारीता अवार्डका लागि विक्रम कुमार बाँनीया, हरिस सिंह क्षेत्री, प्रेम थापा, एसके शर्मा र सरोज चाम्लीङ मनोनयनमा परेकोमा हरिश सिंह क्षेत्रीले अवार्ड हात पारेका छन् । पञ्चकन्या ग्रुप महिला फोटोपत्रकारिता विधाका लागि अनन्ता भण्डारी, प्रतिक्षा काफ्ले, राधिका कंडेल, रमिता छुजु र सरिता श्रेष्ठ नोमिनेशनमा परेकोमा यस विधामा अनन्ता भण्डारीले अवार्ड हात पारेकी छन् ।
एनआईसी एशिया बैंक पर्यटन तथा संस्कृति फोटोपत्रकारिता अवार्डका लागि अनन्ता भण्डारी, हरि मर्हजन, मनोज पौडेल, मनोज रत्न शाही र सागर वस्नेत मनोनयनमा परेकोमा हरि महर्जनले अवार्ड हात पारेका छन् । ग्लोवल आइएमई बैंक आर्थिक फोटोपत्रकारिता अवार्डका लागि अशोक दुलाल, गगन अर्याल, मनोज पौडेल, नविनवावु गुरुङ र प्रदिपकुमार श्रेष्ठ मनोनयनमा परेकोमा अशोक दुलालले अवार्ड हात पारेका छन् ।
सनराइज बैंक राजनैतिक फोटोपत्रकारिता अवार्डका लागि गगन अर्याल, हरिस सिंह नगाल, नविन वावु गुरुङ, मनिस अर्याल र सागर बस्नेत मनोनयनमा परेकोमा नविन वावु गुरुङले अवार्ड हात पारेका छन् । त्यस्तै , राष्ट्रिय वाणिज्य बैंक स्वतन्त्र फोटोपत्रकारिता अवार्डका लागि अम्विर तोलङ्गे, दिपेन्द्र मर्हजन, दुर्गाप्रसाद पौडेल, मनिसा पौडेल र प्रताप गुरुङ मनोनयनमा परेकोमा दिपेन्द्र महर्जनले अवार्ड हात पारेका छन् ।
