सल्यानटार खानेपानी आयोजना शिलान्यास, ठेक्का २३ करोड ८५ लाख (९ तस्वीर)

Avatar photo
Dhadingpost
भदौ ३१, २०७९

दिलिप श्रेष्ठ
धादिङ ।
धादिङ क्षेत्र नम्बर २ का संघीय सांसद खेम प्रसाद लोहनीले बिहिबार त्रिपुरासुन्दरी गाउँपालिकामा सल्यानटार सहलगानी खानेपानी तथा सरसफाई आयोजनाको शिलान्यास गरेका छन् । अनुमानित कुल लागत ३४ करोड ४० लाख ४६ हजार रहेको उक्त आयोजनाको ठेक्का सांझौता २३ करोड ८५ लाख ४९ हजार ३८७ रहेको छ ।

यो आयोजनाबाट सल्यानटारको खानेपानी समस्या हल हुने आशा गरिएको छ । ०८१ मा सम्पन्न हुने यस आयोजनाबाट सल्यानटारमा २ हजार ८९७ वटा धारा निमार्ण गरिने छ, भने मनपाङ खोला गंगाजमुना गाउँपालिका ७ बाँसखर्कमा ४२ लि./से. क्षेमतामाको स्ट्रिम इन्टेक बन्ने छ ।

सगुन कन्ट्रक्सन बुटवल रुपन्देहीले ठेक्का पारेको यस आयोजनाको काम समयमै सक्न संघीय सांसद लोहनीले निर्देशन दिएका छन् । ठेक्का सौंझौता अनुरुप यस ठेकेदार कम्पनीले मुख्य ट्याङकी मनपाङ खोला गंगाजमुनामा बनाउने छ भने, १५ किलोमिटरमा HDP Pipe-225, ७ किलो मिटरमा Seamless Pipe-200mm र ५३ किलो मिटर HDPE Pipe 20mm-315mm विछ्याउने छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको वजेटमा निमार्ण हुन लागेको यस आयोजनाबाट वितरण ट्याङ्कीहरु सिकटार, स्मार्टटारमा बन्ने छ भने यस आयोजनाले समितिको कार्यालय भवन समेत बनाउने छ । यस आयोजनाबाट त्रिपुरासुन्दरी वडा नम्बर १ र२ का सम्पूर्ण स्थानीयहरु लाभान्वित हुने छन् ।

यस आयोजना शिलान्यस कार्यक्रमा विशेष अथिति रहेका एकीकृत समाजवादी धादिङका नेता गुरुबुर्लाकोटी, अतिथिहरु गाउँपालिकाका अध्यक्ष राजु उप्रेती, उपाध्यक्ष देवराज धरेल, प्रमुख प्रशासकिय अधिकृत इन्द्रबहादुर खतिवडाले अब सल्यानटारको खानेपानी समस्या हल हुने बताएका थिए ।

x