खनियाबासद्वारा एलआईके निमार्ण कम्पनीलाई कालो सूचीमा राख्न सिफारिस

Avatar photo
Dhadingpost
भदौ ३०, २०७९

धादिङ । खनियाबास गाउँपालिकाल ठेक्का सौंझौता अनुसार काम नगरेको भन्दै एलआईके इन्जिनियरिङ सर्भिससेज प्रा.लि. लाई कालो सूचीमा राख्न सिफारिस गर्ने निर्णय गरेको छ ।

खनियाबास वडा नम्बर १ र २ मा पर्ने लिङलिङ ग्याप पुल निमार्णको लागि ठेक्का पारेको एलआईके इन्जिनियरिङ सर्भिससेज प्रा.लि. ले पटक पटक ताकेता गर्दा समेत सांझौंता बमोजिमको कार्य काम नगरेकोले बैंक जमानत जफत गरि सकिएकोले निज निमार्ण कम्पनी सँग ठेक्का तोडी कालो सूचिमा सूचिकृत गर्न सार्वजनिक खरिद अनुगमन कार्यालयल ताहाचल काठमाडौंलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

खनियासबास गाउँपालिकाले असारमा मात्रै काम नगर्ने गुड पुरन एण्ड कन्स्ट्रक्सन जे.भी.लाई कार्वाही गरेको थियो । खनियाबासमा ८९ लाखको विद्यालय घेराबार र ३८ लाखको अस्पताल घेराबारको २ वटा ठेक्का परेको यस कम्पनीले काम पुरा नगरेको भन्दै कार्वाही गरेको थियो ।