धादिङबेसी स्थित बालमन्दिर माविमा लफडा, यस्तो आयो अदालतको अन्तिरिम आदेश

Avatar photo
Dhadingpost
भदौ २७, २०७९

धादिङ । नेपाली कांग्रेस धादिङको क्षेत्रिय सभापतिको प्रत्यासी एवम् गए स्थानीय तहको निर्वाचनमा नीलकण्ठ नगरपालिकाको मेयर पदका आकांक्षी समेत रहेका दिपक कोईराला गत साउन २९ गतेको भेलाबाट धादिङबेसी स्थित बाल मन्दिर माध्यामिक विद्यलयको व्यवस्थापन समिति अध्यक्ष बने ।

तर उक्त भेला नै अवैध रहेका भन्दै अदालतमा दर्ता भएको उजुरी उपर आईतबार अदालतले अन्तरिम आदेश जारी गर्दै उक्त निर्णय अगाडी नबढाई याथास्थिति मै राख्न भनेको छ ।

कोईरालालाई अध्यक्ष बनाउन बसेको भेलाको सभापतिले नै माईनेटमा हस्ताक्षर नगरे र पदेन हुने वडा अध्यक्ष समेत भेलामा वेखवर बनेपछि उक्त भेला अवैध रहेको बन्दै अदालतमा परेको रिट बारे उच्च अदालत पाटनले के कसो भएको हो १५ दिन भित्र उपस्थित हुन समेत विपक्षका नाममा आदेश गरेको छ ।

अवैध भनिएको भेलाबाट अध्यक्ष बनेको कोईरालाले भाद्र ६ गते स्कुलको बैठक विद्यालयमा नराखेर नगरपालिकामा राखेर विद्यालयको वार्षिक उत्सव, विद्यालय गान र शिक्षक कर्मचारीको तलव तथा सेवा सुविधाका विषयमा निर्णय गराएका थिए ।

अदालतको अन्तिरिम आदेश सँगै कोईरालाको अध्यक्षतमा बसेको उक्त बैठकका निर्णयहरु समेत प्रभावित हुने देखिएको छ । चाख लाग्दो विषय चाहि कोईरालालाई अध्यक्ष बनाउने उक्त भेलामा जेष्ठ उमेरका अभिावकहरु मध्यबाट लिलाबहादुर श्रेष्ठलाई भेलाको अध्यक्ष बनाईएको थियो । तर उनी भेलामा अनुपस्थित रहे ।