धादिङको राजमार्ग क्षेत्रमा अनुगमन जारी, ६ वटा परे कार्वाहीमा

Avatar photo
Dhadingpost
भदौ २६, २०७९

धादिङ । बजार अनुगमन टोलीले धादिङको राजमार्ग क्षेत्रमा अनुगमन जारी राखेको जनाएको छ । शनिबार होटलरखाजा घररकोल्ड स्टोर्स तथा सप्लायर्सहरू गरी ९ वटामा अनुगमन गर्दा ६ वटा कार्वाहीमा परेको घरेलु कार्यालय धादिङले जनाएको छ ।

अनुगमनका क्रममा करिव १४ हजार २ सय रुपैयाँ बराबरको म्याद गुज्रेकारसडेगलेका प्रयोग गर्न अयोग्य सामाग्रीहरु जफत गरी नष्ट गर्नुका गरिएको र जरिवाना समेत गरिएको बताईएको छ ।

शनिबारको अनुगमनमा कार्वाही

  • सुपा देउराली रेष्टुरेन्ट एण्ड भोजनालय, थाक्रे गा.पा. -८, चारकिलो रू. १०,०००।- जरिवाना
  • न्यू हरियाली होटल, थाक्रे गा.पा. – ८, चिनिमिल रू.१०,०००।- जरिवाना
  • दर्ता नभएको कोल्ड स्टोर, थाक्रे गा.पा. -८, चारकिलो रू.५०००।- जरिवाना
  • आर.एल. स्टोर, धुनिबेशी न.पा. – ६, धार्के रू.१०,०००।- जरिवाना
  • भुजेल जनरल स्टोर, थाक्रे गा.पा. – ८, चिनिमिल रू.५,०००।- जरिवाना
  • प्रकाश कोल्ड स्टोर एण्ड खाजा घर, थाक्रे गा.पा. – ८, चिनिमिल रू. ५,०००।- जरिवाना

धादिङको राजमार्ग क्षेत्रका होटलमा फेरि अनुगमन, १५ वटा कार्वाहीमा

धादिङको राजमार्ग क्षेत्रमा १८ होटल अनुगमन गर्दा ११ वटा कार्वाहीमा