
धादिङ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता-२०७९ लागि बागमती प्रदेशबाट धादिङ सल्यानटार निवासी एकता कुमाल छनाेट भएकी छिन् ।
प्रशिक्षक अर्जुन घिमिरेका अनुसार धादिङ सल्यानटार निवासी एकता कुमालले फुलकन्ट्याक्ट करातेकाे फाईनलमा काठमाडौंबाट खेल्ने रश्मि श्रेष्ठलाई पराजित गर्दै स्वर्ण जितेकी हुन् ।
जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिंह तामाङले फुलकन्ट्याक्ट कराँते खेल बिधामा धादिङ जिल्लाबाट बागमती प्रदेश स्तरीय प्रतियाेगितामा स्वर्ण, रजत, कास्य पदक बिजेता सम्पुर्ण खेलाडीहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
एकता कुमाल ४५ के जि स्वर्ण जित्दै अब नवाैं राष्ट्रिय खेलकुद प्रतियाेगितामा भाग लिने छिन भने धादिङबाट सहभागी अन्य खेलाडीहरु संगिता पाण्डे खुल्ला महिलामा रजत सदिप काप्री ५० केजि रजत, बिबेक श्रेष्ठ ४५ केजि कास्य र झरना थापा ४० केजि कास्य पदक जितेका छन् ।

