
धादिङ । धादिङबेसी सदरमुकाममा रहेको नमुना विद्यालय नीलकण्ठ माध्यामिक विद्यालयमा अध्ययनरत छात्र अनिशराज प्रजापतिले 3.95GPA ल्याए छन् । यो नै धादिङ जिल्लाको सबैभन्दा धेरै जीपीए भएको नीलकण्ठ मा.विले दाबी गरेको छ ।
यस्तै छात्रा तर्फ नीलकण्ठ मा.विका अनुपमा दुवाडी, कन्चना पौडेल र द राईजिङ भिलेज बोर्डिङ स्कुलका आस्मा सुवेदीले 3.85GPA ल्याएका छन् । जिल्लामा छात्रा तर्फ यो नै सबैभन्दा धेरै जीपीए भएको दुबै विद्यालयले दावी गरेका छन् ।
छात्र तर्फ नै नीलकण्ठ माविका दिवश अधिकारी र गल्छी बैरेनीमा रहेको नीजि विद्यालय द राईजिङ भिलेज बोर्डिङ स्कुलमा अध्ययनरत कोविद रिमालले दोश्रो धेरै 3.9GPA (बराबर ) ल्याएका छन् ।
नीजि विद्यालयहरुको बीचमा रहेको नीलकण्ठ माविमा २६ सयको हाराहारीमा विद्यार्थी रहेका छन् । अंग्रेजी र नेपाली दुबै माध्यमबाट पढाई हुने हुँदा पनि नीलकण्ठ माध्यामिक विद्यालयमा विद्यार्थीको चाप बढ्दै जाँदा आएको यस नतिजाले पुन: नीलकण्ठको लोकप्रियता बढाउने देखिन्छ । आधाभुत तह देखि नै कम्युटर शिक्षा, बिषय विज्ञ शिक्षक, कक्षा ९ देखि १२ सम्म प्राविधिक तर्फ Civil Engineering को कक्षा संचालन विद्यालय लाईबेरी, सुविधा सम्पन्न विज्ञान, Computer प्रयोगशाला, विद्यालय नर्स नै नीलकण्ठको आकर्षण रहेको प्रधानाध्यापक ध्रुव अधिकारी बताउँछन् ।

