परेवाटार स्थित विश्व भागवत धाम परिसमा असार २४ देखि श्रीमद् भागवत पाठ पारायाण हुने

Avatar photo
Dhadingpost
असार २२, २०७९

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका ६ परेवाटारमा निमार्णाधिन विश्व भागवत धाम परिसरमा निमार्ण भएको लक्ष्मीनारायण मन्दिरको निर्माण कार्य सकिए सँगै असार २४ गते देखि श्रीमद् भागवत पाठ पारायाण हुनेछ भने २६ गते मन्दिर उद्घाटन हुने बताईएको छ ।

विश्व भागवत धाम कोषका अध्यक्ष एवम् संरक्षक बालतपस्वी उत्तम भट्ट महाराजका अनुसार असार २६ गते हरिशयनी एकादशीको दिन बागमती प्रदेश सरकारका मुख्य मन्त्री राजेन्द्र पाण्डेले नव निर्मित लक्ष्मीनारायण मन्दिर उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

संरक्षक बालतपस्वी भट्टका अनुसार २४ गते विहान कलश यात्रा भएपछि २७ गते सम्म प्रत्येक दिन बिहान ७ बजे देखि साढें ११ बजे सम्म पुजा, पाठ, पारायण, हवन कार्यक्रम, प्रत्येक दिन साढें ११ बजे देखि १ बजे सम्म कथा प्रवचन, सत्संग, भजन कृतन, प्रत्येक दिन बेलुकी ४ बजे देखि ७ बजे सम्म पाठ पारायण, पुजा, हवन, आरती, टिका, प्रसाद वितरण हुने छ ।