
धादिङ । धादिङको थाक्रे गाउँपालिकाले दशौँ गाउँ सभा सम्पन्न गरेको छ । पालिका अध्यक्ष रामकुमार आचार्यको अध्यक्षतामा भएको गाउँसभामा पेश भएका विधेक तथा प्रस्तावहरुलाई सर्वसम्मत रुपमा भएको गरेको छ ।
गाउँ सभामा अध्यक्ष रामकुमार आचार्यले चालु आर्थिक वर्ष २०७८-०७९ को माघ मसान्त सम्मको बजेट तथा कार्यक्रमको समिक्षा प्रस्तुत गरेका थिए भने उपाध्यक्ष अम्बिका रुपाखेतीले संशोधित विनियोजन विधेयक, संशोधित आर्थिक विधेयक, खानेपानी, सरसफाई एवं स्वच्छता विधेयक, भुमि विधेयक, वन विधेयक, कृषी विधेयक सभामा प्रस्तुत गरेकी थिईन् । सभाले उक्त विधेयक तथा प्रस्तावहरुलाई सर्वसम्मत रुपमा पास गरेको हो ।
गाउँसभामा सहभागी वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, वडा सदस्य लगायतले निर्वाचित भएदेखी आफ्नो अनुभव, समस्या एवँ गरेका विकास निर्माणका कामहरुको बारेमा आफ्नो धारणा राखेका थिए । सभामा उठेका प्रश्न तथा गुनासोको जवाफ गाउँपालिका अध्यक्ष रामकुमार आचार्य र उपाध्यक्ष अम्बिका रुपाखेतीले दिएका थिए ।

