
धादिङ । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल किसान संघ (क्रान्तिकारी) सिद्धलेक गाउँपालिकाका संयोजक शिव खतिवडाको हृदयघात भई असामहिक निधन भएको छ ।
संचारकर्मी तथा पत्रकार महासंघ धादिङका पूर्व कोषाध्यक्ष अर्जुन खतिवडाको दाजु समेत रहेका अनेकिसंघ (क्रािन्तकारी) सिद्धलेकका संयोजक खतिवडाको बुधबार हृदयघातका कारण निधन भएको हो ।
घरमा रहेका खतिवडा परिवार सँगै रहेका बेला हृदयघात भई ४२ वर्षको उमेरमा निधन भएको जगत रेग्मीले धादिङपोष्टलाई बताए ।
