
धादिङ असोज १५ । धादिङमा आसोज १६ गते शनिबार दिनभर बत्ती नआउने नेपाल विद्युत प्राधिकरण धादिङ वितरण केन्द्रले जनाएको छ ।
देविघाट देखि धादिङबेसी, देविघाट देखि जहरे र धादिङबेसी देखि सल्यानटार सम्म ३३ केभी प्रशारण लाईन नजिक रहेका रुखका हाँगा काट्ने कार्य हुने हुँदा शनिबार बिहान ७ बजे देखि बेलुका ५ बजे सम्म बत्ती नआउने नेपाल विद्युत प्राधिकरण धादिङ वितरण केन्द्रले जनाएको हो ।
नीलकण्ठ नगरपालिका, त्रिपुरासुन्दरी, गंगाजमुना, नेत्रावती, ज्वालामुखी, सिद्धलेक, बेनीघाट रोराङ, गल्छी, गजुरी, थाक्रे र आरुघाट गाउँपालिकामा बत्ती नआउने विद्युत प्राधिकरण धादिङ वितरण केन्द्रले जनाएको छ ।
