‘जिकज्याक’ राजनीति

Avatar photo
Dhadingpost
भदौ ८, २०७८

पहिलो त पहिलेका नेता बी.पी., जी. पी., गणेशमान, किसुनजीको अवसानपछि काग्रेस सम्हाल्ने नेता भएनन् । मदन भण्डारी नभएपछि एमाले सम्हाल्ने नेताको विकास हुन सकेन । के. पी. र माधब नेता भएर कम्युनिस्ट पाटीको नेतृत्व गर्ने हैसियतमा पुगे तर कम्युनिस्ट आचारण तथा नेतामा हुनुपर्ने त्याग, निष्ठा, पहिचान, सिद्धान्तवादी हुन नसकेपछि ठूलो पार्टीलाई नेतृत्व गर्न सकेनन् ।

प्रचण्ड र बाबुराम जे भनिरहेका थिए, मानिसले विश्वास गरेर बहुमतको सरकार बनाउन पुग्ने भोट दिए तर उनीहरुको कुनै नयाँ पहिचान नै मानिसलाई महसुस भएन । बोल्ने एउटा काम गर्ने कुरा बोलि अनुसार नहुने भएपछि नयाँ कम्युनिस्ट पार्टीको रुपमा शक्तिमा आएको माओवादी बाटो बिराएको जस्तो गरी अलमलमा देखियो ।

सिद्धान्त, नेता, संगठन यि तीनकुराको सङ्गति नमिलेपछि शक्ति/सत्ताको उपयोग हुनसक्ने अवस्था नहुने नै भयो । जो अवसर पाइयो दुरुपयोग नै भयो । सबैबाट दुरुपयोग भयो । आपूmले आफैलाई म अगुवा हुँ, म नेता हुँ, म समाजवादी हुँ, म कम्युनिस्ट हु, म प्रजातन्त्रवादी हुँ , म उम्दा हुँ भन्ने कुरा गर्नु बाहेक दुनयाले सधैँ अनादारपूर्वक नै हेरिरह्यो ।

फेरी राष्ट्रिय स्तरका नेतृत्व तहमा रहेका ब्यक्तिहरु कुनै पनि हिसाबमा समाजका अगुवा बन्न सकेनन् । पैसा, पद, शक्ति, हैकम नै नेता हुने अस्त्र बनाइयो । त्याग, इमान्दारिता, नैतिकता र सैद्धान्तिक निष्ठता हराएर गयो । यसरी नेता, पचिान, निष्ठा र राजनीतिको सङ्गति हरायो । राजनीति जिकज्याक हुनु स्वभाविक नै बन्यो । पद र जिम्मेवारी योग्यता र कुनै बिधिबाट हुने कुरा नै हरायो । यसबाट सामाजिक र राजनीतिक क्षेत्र नै जिकज्याक हुन थाल्यो ।

समयले होला कि अवसरवादले होला सबैले चुनावमा सहभागि हुने वातावरण बनेर आयो । चुनावमा प्रचण्ड र देउवाको साँठगाठ पनि हुने । बाबुराम चुनाव जित्न काँग्रेसको सहयोग पनि लिने, चुनाव हारेका नेता फेरी अर्को बाटोबाट माननीय हुने, आफु नै पदमा जानुपर्ने मानसिकता नेताले बोकेपछि पार्टीभित्र असन्तुष्टी बढ्छ भन्ने समेत ख्याल नगर्ने नेताहरुको अर्ति उपदेश भने चर्को हुने कारणले नेता र कार्यकर्ता बीचमा हुनुपर्ने सौहार्दता कृक्रिम बन्दै गयो ।

नेता र जनताको सम्बन्ध हैकमवादमा आधारित भयो । वामदेव गौतम र नारायणकाजीलाई चुनाव हारेपछि किन माननीय हुनु परेको, पाटीलाई ब्यवस्थित गरेका भए हुने थियो नि । चुनाव हारेका माधब नेपालले प्रधानमन्त्री हुनुलाई आजका दिनमा पनि माधब नेपालको हुर्मत लिने उदाहरण बनेको छ । यस्तै जिकज्याक सम्बन्ध नेता, पार्टी र कार्यत्रर्ताको रहेको छ । परिणाम सामाजिक र राजनीतिक क्षेत्र नै जिकज्याक जस्तो भएको छ ।