
काठमाडौं भाद्र २ । माधव कुमार नेपालले नेकपा एमाले(समाजवादी) पार्टी निवार्चज कार्यालयमा दर्ताको लागि प्रस्ताव गरे सँगै धादिङका नेता तथा नेपालका विश्वस पात्र राजेन्द्र पाण्डेले अब ओली सँग एकता हुन नसक्ने बताएका छन् ।
पत्रकारहरुसँग कुरा गर्दै नेता पाण्डेले ‘एमालेमा रहेका साथीहरुसँग शत्रुता रहँदैन । अल्मलिएर बसेका साथीहरुलाई आउन आग्रह गरिन्छ, ‘अरु कम्युनिस्ट पार्टीसँग पछि पार्टी एकता हुनसक्छ तर ओलीसँग पार्टी एकता हुन नसक्ने बताएका हुन् ।
माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एमाले (समाजवादी) पार्टीमा प्रतिनिधिसभा र राष्ट्रियसभाका ३१ जना सांसदहरु छन् यस्तै साविक एमालेका ५८ जना केन्द्रीय सदस्यसहित ९५ जनाको नयाँ पार्टीको केन्द्रीय समिति रहेको बताए ।
नेपालको नेतृत्वमा बन्ने एमाले समाजवादीमा उपाध्यक्ष युवराज ज्ञवाली, भीम रावल र अष्टलष्मी शाक्यले नेता नेपालको साथ छाडेका छन् । उपमहासचिव घनश्याम भुसाल सचिवहरु गोकर्ण विष्ट, योगेश भट्टराई र भीम आचार्य, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र अनुशासन आयोगका प्रमुख अमृत बोहराले नजाने बताएका छन् ।
