एड्भान्स एकेडेमी गुणस्तरीय शिक्षाका लागि प्रतिबद्ध छ

Avatar photo
Dhadingpost
साउन २६, २०७८

दण्डरहित घरायसी वातावरणमा व्यवहारिक तथा गुणस्तरीय शिक्षा प्रदान गर्ने पवित्र उद्देश्य राखी अतिरिक्त क्रियाकलापलाई आफ्नो विद्यालय र विद्यार्थीको अभिन्न अंग बनाउने अभिष्ट उद्देश्यका साथ वि.सं. २०६२ सालमा स्थापना भएको यस विद्यालयले छोटो समयमा शैक्षिक क्षेत्रमा धादिङ जिल्लाकै नमुना विद्यालयको रुपमा आफूलाई स्थापित गरेको छ ।

अतिरिक्त क्रियाकलाप खेलकुद, नृत्य, मार्सल आर्टका अतिरिक्त सामाजिक उत्तरदायित्वका लागि जुनियर युवा रेडक्रस सर्कल र बाल क्लब संचालनमा छन् । विद्यालयले संचालन गर्ने समग्र गतिविधिहरु पाठ्यक्रममा आधारित छन् । जसले विद्यार्थीलाई व्यवहारिक ज्ञानका साथमा सामाजिक उत्तरदायित्व वहन गर्ने क्षमता विकास गरिरहेको छ ।

नृत्य, खेलकुद र तेक्वान्दोको प्रशिक्षणले नानीबाबुहरुमा सर्वस्वीकार्यको भावना विकास भएको छ । विगतमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा पुरस्कार तथा नर्वे , जापान र चीनमा स्वयम् सेवाको अवसर प्राप्त गरेको यस विद्यालयले शैक्षिक स्तरमा ( एसईई ) मा जिल्ला प्रथम समेत भइसकेको र खेलकुदमा पनि निरन्तर रुपमा जिल्लाको ताज पहिरिरहेको छ ।

नेपली सेनाको कल्याणकारी छात्रावृद्धि अन्तरगत Empalled School कार्यक्रममा कक्षा ६ देखि कक्षा १२ सम्मका नेपाली सैनिक हिताधिकारीका सन्ततिहरुलाई २०७७ सालदेखि यस एड्भान्स एकेडेमीमा छात्रावृद्धिमा अध्यापन गराउँदै आएको छ ।

यस्तै माध्यमिक तहको कक्षा ११ र १२ मा धादिङ जिल्लामै पहिलो पटक कानुन विषयको अध्यापन सुरु गरेको यस एड्भान्स एकेडेमीले हाल व्यवस्थापन र कानुन संकाय अन्तरगतका विषयहरुमा अध्यापन भइरेको र निकट भविष्यमा प्राविधिक विषयहरुलाई उच्च प्राथमिकतामा राखी कक्षाहरु संचालन गर्ने लक्ष्य राखिएको छ ।

यसै सन्दर्भलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्बन्धन प्राप्त कलेजहरुबाट भगिनी संस्थाको रुपमा सम्बन्ध स्वीकार गरी प्राविधिक विषयहरुलाई व्यवस्थित रुपमा संचालनमा ल्याइएको छ । भने पठनपाठन र दैनिक क्रियाकलाप संचालनका लागि विद्यालयको आधिकारिक आफ्नै एड्भान्स एप्स निर्माण गरी संचालनमा ल्याइएको छ ।

नयाँ विद्यार्थी तथा अभिभावहरुका लागि यस विद्यालय सदैव एक उत्कृष्ट छनोटको रुपमा रहने छ । पढ्न इच्छा भएको र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई छात्रावृद्धिको व्यवस्थाप गरी सम्पूर्ण बालबालिकाहरुले पढ्न पाउने अधिकारको सुनिश्चित गरिएको छ । सम्पूर्ण अभिभावक तथा भाइबहिनीहरुलाई एड्भान्स परिवार गुणस्तरीय शिक्षाका लागि प्रतिवद्ध रहेको जानकारी गराउन चाहान्छ ।

तपाईंको रोजाइमा एड्भान्स एकेडेमी नै किन ?
१. २०७२ सालको एस.एल.सी परीक्षाका जिल्लाकै सर्वोत्कृष्ट जिपिए ३.९० ल्याउन सफल ।
२. कक्षा ११ र १२ मा १००% विद्यार्थीहरु उत्तीर्ण गराउन सफल भएको छ ।
२. विद्यालयको आफ्नै भूकम्प प्रतिरोधी भवन सहित रमणीय वातावरण भएको ।
३. मापदण्ड अनुसार भलिबल, ब्याडमिन्टन, टेबल टेनिस र बास्केटबलको मैदान भएको ।
४. दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाद्धारा अध्यापन गराइने ।
५. गरिब तथा जेहेन्दार छाज्ञवृत्तिको व्यवस्था भएको ।
६. अतिरिक्त क्रियाकलामा जिल्लाकै सर्वोत्कृष्ट विद्यालय भएको ।
७. स्थलगत भ्रमण , सांस्कृतिक कार्यक्रम र खेलकुद सप्ताहलाई व्यवस्थित गरिएको ।
८. बौद्धिक व्यक्तित्वहरुसँग अन्तरक्रिया गराइने ।
९. जुनियर तथा एक्का र सम्पादन तथा प्रकाशन गृह सञ्चालन भएको ।
१०. कम्प्युटर , विज्ञान प्रयोगशाला र पुस्तकालयको व्यवस्था भएको ।
११. सुविधा सम्पन्न क्यान्टिन र यातायात सुविधाको व्यवस्था भएको ।
१२. अभिभावकहरुले विद्यालय तथा विद्यार्थीहरुको शैक्षिक गतिविधिको जानकारी विद्यालयको आफ्नै एड्भान्स एप्सबाट लिनसक्रे सुविधा भएको ।
१३. कोरोना महामारिमा प्रभावकारी अनलाइन विधिद्धारा पठन पाठन गरि रहेको ।

लेखकः श्रेष्ठ एड्भान्स एकेडेमीका प्रिन्सिपल हुन्