
धादिङ बैशाख ६ । आज र भोली ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ए क्याप्सुल र १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवादैछ ।
यस्तै ६ देखि २३ महिनाका बालबालिकालाई बहुसुक्ष्म पोषक तत्व बालभिटा कार्यक्रम लागू भएका जिल्लामा वितरण समेत गरिने छ।
सरकारले चालु आर्थिक वर्षको दोस्रो चरणमा सम्पन्न गर्नुपर्ने राष्ट्रिय भिटामिन ए कार्यक्रम आज र भोली सञ्चालन गर्न लागेको हो।
कोरोना संक्रमणको जोखिम कायमै रहेकाले जनस्वास्थ्यको मापदण्ड पालना गरी कार्यक्रम सञ्चालन स्वास्थ्य मन्त्रालयको आग्रह छ।
स्वास्थ्य मन्त्रालयले सामाजिक दूरी कायम गरी प्रतिघण्टा १० जना बालबालिकामात्र उपस्थित हुने गरी खोप केन्द्रको व्यवस्थापन गर्न सबै खोप केन्द्रहरुलाई आग्रह समेत गरेको छ ।

