
धादिङ चैत्र १८ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कोरोना संक्रमितको संख्या बढ्न सक्ने भन्दै उपचारका लागि अस्पताल र ल्याबलाई तयारी अवस्थामा राख्न निर्देशन गरेको छ ।
मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टम (आईसीएस) को बैठकले संघीय अस्पताल, प्रादेशिक अस्पताल र आधारभूत अस्पतालमा कोरोना संक्रमितको उपचार व्यवस्थापन गर्ने निर्णय गरेको छ ।
मन्त्रालयले सरकारी प्रयोगशालालाई थप जनशक्ति आवश्यक पर्ने भएमा रकम माग गर्न पनि आग्रह गरेको छ । सरकारी अस्पतालमा २००० वटा एचडीयू बेड स्थापना गर्ने निर्णयसमेत गरेको छ ।
२०० भन्दा बढी शय्या भएको अस्पतालमा अक्सिजन रिफिलिङ ट्यांक स्थापना गर्न सहयोग गर्ने पनि प्रवक्ता गौतमले बताउनु भयो ।

