हिन्दुङ पहिरो पिडितको लागि ३३ वटा सुरक्षित आवास गृह बन्दै

Avatar photo
Dhadingpost
फाल्गुन १४, २०७७

सन्दिप स्याम्जेन तामाङ
धादिङ फागुन १४ ।
उत्तरी धादिङको रुबिभ्याली गाउँ पालिका वडा नं. ४ स्थित हिन्दुङमा गत वर्ष पहिरोले प्रभावित भएका पहिरो पीडितहरुलार्इ शान्ती नेपाल र रुबीभ्याली गाउँपालिकाले ३३ वटा घर निमार्ण सुरु गरेको छ ।
शान्ती नेपालको ६० लाख र रुबिभ्याली गाउँ पालिकाको ३० लाख अर्थिक गरी ९० लाखमा बोराङ गाउको माथि ख्यादोर भन्ने ठाउँमा ३३ वटा भुकम्प रहित घर निर्माण सुरुभएको हो ।
निर्माण कार्य तिब्र रूपमा अगाडी बढाउदै छौं वडा न ४ का वडा अध्यक्ष प्रशान्ता तामाङले जानकारी दिनु भयो ।

x