
धादिङ फागुन ८ । बेनिघाट-रोराङ-७,चरौदिमा वि.स. २०६१ सालमा स्थापना भएको राइजिङ स्टार इङ्लिस बोर्डिङ स्कुलले आफ्नो १७ औँ वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
विद्यालय ब्यवस्थापन समिती अध्यक्ष जीवनकुमार घिमिरेको अध्यक्षतामा तथा बेनिघाट रोराङ गाउँ पालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटीको प्रमुख आतिथ्यतामा विद्यार्थीको पिटी तथा ड्रील लगायत थुप्रै मनोरञ्जनात्मक साङ्गीतिक प्रस्तुती सहित वार्षिक उत्सव शुक्रबार सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्त बहादुर डल्लाकोटीले यस विद्यालयसित गहिरो प्रेम बसेको र आगामी दिनमा सस्थागत विद्यालय नभनी सहयोग गर्ने वाचा गर्नुभएको थियो ।

वि.स.२०६१ सालमा ५२ जना विद्यार्थीबाट कक्षाहरु सुरु गरेको विद्यालयले अहिले नर्सरीदेखि कक्षा १० सम्म ३०२ जना छात्राछात्रलाई अध्ययन अध्यापन गराउँदै आएको यस विद्यालयले २०७६ मा खेलकुद तथा अतिरिक्त क्रियाकलाप सदनगत र कक्षागत प्रथम, द्धितीय र तृतीय हुनेहरुलाई पुरस्कार वितरण गरिएको विद्यालयका खेलकुद संयोजक शिक्षक नवीन रसाइलीले धादिङ पोष्टलाई जानकारी दिनुभयो ।
नेपाली शिक्षक तथा यसै स्कुलका भाइस् प्रीन्सिपल रमेश चटौतद्वारा उद्घोषित कार्यक्रममा विद्यार्थी सम्मानका साथै उत्कृष्ट शिक्षक सम्मान अनि अभिभावकलाई सम्मान पनि गरिएको छ। यस वर्ष उत्कृष्ट अभिभावकका रुपमा सुमित्रा रुवाली र नानिमाया पाठक थपलियालाई स्कुलका प्रीन्सिपल टीका थपलिया र अध्यक्ष जीवन घिमिरेबाट सम्मानित गरिए ।

त्यस्तैगरी सो कार्यक्रममा शिक्षक धनु भुषाल,शिक्षिका नबिना रसाइली,शिक्षिका पवित्रा रेग्मी र इन्द्रा श्रेष्ठ पनि सम्मानित गरिए। विगत वर्षबाट सुरुवात भएको उत्कृष्ट वर्ष शिक्षकका रुपमा दिइने प्रीन्सिपल अवार्डबाट भने अतिरिक्त क्रियाकलाप संयोजक दुर्गाबाबु गुरुङ सम्मानित भए। प्रीन्सिपल टीका प्रसाद थपलिया आफैले मुल्यांकन गरिने सो पुरस्कारको राशी रु ५,००० नगद र बेस्ट टिचर ट्रफी रहेको छ ।

कार्यक्रममा यसै विद्यालयका प्रीन्सिपल टीका प्रसाद थपलिया ज्यूले आफ्नो प्रतिवेदन पेस गर्नुहुँदै अब विद्यालयलाई अझै उत्कृष्ट बनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । विभिन्न खेलकुद र अतिरिक्त क्रियाकलापका साथै अवलोकन भ्रमण पनि हुने जनाउनु भएको छ ।

त्यस्तै गरि आगामी वर्ष सकेसम्म शुल्क पनि घटाउने र विद्यार्थि सङ्ख्या थप्न जोड दिने कुरा आफ्नो प्रतिबेदनमा ब्यक्त गरेका छन् । अर्कोतिर विद्यालयका अध्यक्ष जीवन घिमिरेले विद्यालयमा क्वान्टिटीभन्दा क्वालिटिमा जोड दिनुपर्ने कुरामा जोड दिनुभएको छ ।

