धादिङको गंगा-जमुना गाउँपालिका कार्यालय स्थानीयद्वारा तालाबन्दी

Avatar photo
Dhadingpost
फाल्गुन ६, २०७७

धादिङ फागुन ६ । धादिङको गंगाजमुना गाउँपालिकाको कार्यालय स्थानीयहरुले अनिश्चित कालका लागि ताला बन्दी गरेका छन् ।

गाउँपालिकामा भएको भ्रष्टाचार छानबीनका लागि गाउँपालिकाकै कर्मचारीको नेतृत्वमा छानबीन समिति बनेपछि स्थानियबासीले छानबीन समिति नै चित्त बुझ्दो नभएको भन्दै बुधबार तालाबन्दी गरेका हुन् ।

गाउँपालिकाले खरिद् गरेको घाँस काट्ने मेसिनको मोटर खरिदमा गाउँपालिका अध्यक्ष बलबहादुर अधिकारीको मिलेमतोमा भ्रष्टाचार भएको भन्दै स्थानीयले गाउँपालिकाका उजुरी गरेका थिए ।

यो उजुरीको छानविको लागी काम अगाडी नबढ्दै अख्तियारले गाउँपालिकाकी इन्जिनियर पुजा कार्की ९५ हजार घुससहित रंगेहात पक्राउ गरेको छ ।