
धादिङ माघ १० । धादिङको गंगा-जमुना गाउँपालिका स्तरीय लिःल फङ घले समाज गंगा-जमुना गठन गरिएको छ ।
संविधान सभाका सदस्य एवम् लिःल फङ घले समाज बागमती प्रदेशका अध्यक्ष धनबहादुर घलेको प्रमुख आतिथ्यतामा शुक्रबार सम्पन्न लिःल फङ घले समाज गंगा-जमुनाको अध्यक्षमा गुम्दीका प्रेमबहादुर घले चयन हुनुभएको छ ।
लिःल फङ घले समाज गंगा-जमुनाको उक्त प्रथम भेलाबाट उपाध्यक्षमा वीर बहादुर घले, सचीवमा सुर्य बहादुर घले, सह सचीवमा दुर्गा बहादुर घले, र कोषाध्यक्षमा शन्ती घले रहने गरि सहित १७ सदस्यी समिति चयन भएको फुलखर्कबाट एलेक्स घलेले धादिङपोष्टलाई जानकारी दिनु भयो ।
