गजुरीलाई बालमैत्री पालिका बनाईने

Avatar photo
Dhadingpost
माघ ८, २०७७

धादिङ माघ ८ । बालबालिकाहरुको सर्वाङ्गिन विकासको लागि गजुरी गाउँपालिकाले जिम्मेवारीपुर्वक कार्य गरिएको गाउँपालिका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेतले बताउनु भएको छ ।

गजुरी गाउँपालिका बालमैत्री उन्मुख गाउँपालिका भई सकेको बताउँदै बस्नेतले न्युनतम भौतिक पुर्वाधार सबै बिद्यालय पुगि सकेकोले अब शैक्षिक उपलब्धि केन्द्रित भएर कार्य गर्ने बेला बताउनु भयो ।
अध्यक्ष बस्नेतले गजुरी गाउँपालिका बालमैत्री स्थानीय शासनको ३९ वटा सुचकहरु पुरा गर्दै गजुरीलाई बालमैत्री गाउँपालिका घोषणा गर्ने अभियानमा रहेको समेतबताउनु भएको छ ।

गजुरी गाउँपालिकाका सबै ४५ सामुदायिक विद्यालयहरुमा बाल विकास कार्यक्रम सुरु गरेको गजुरी गापा, प्लानेट ईनफान्ट एण्ड डेभलपमेन्टको साझेदारीमा प्रयास नेपाल धादिङले आयोजना गरेको कार्यशालामा बस्नेतले यस्तो बताउनु भएको हो ।

गजुरी गाउँपालिकाका ४५ मध्ये २२ बिद्यालयका सहजकर्ताहरुको लागि कार्यशाला सम्पन्न भएको छ । यस अघि गजुरीका २३ बिद्यालयका बाल विकास कक्षाका सहजकर्ताहरुको लागि पहिलो चरणको कार्यशाला सम्पन्न भई सकेको छ ।

गजुरी गाउँपालिका भित्रका बालबालिकाहरु सिकाई वातावरण सिर्जनामा सहजताको लागि कक्षा कोठामा बालमैत्री सामाग्री सहयोग र बालबालिकाको विकासमा अभिभावक तथा सम्बन्धित सरोकारवालाहरुको भुमिका उत्तरदायित्व लगायतका सवालहरुमा सहजिकरण तथा सहयोग हुने प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्याल जानकारी दिनु भयो ।