
काठमाडौं माघ ८ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बुधबार पत्रकार सम्मेलन गर्दै भारतले नेपाललाई १० लाख डोज कोरोनाविरुद्धको खोप दिएको बताउनु भएको छ ।
अनुदानमा भारतले दिएको उक्त खोप बिहीबारदेखि नै आउन थाल्ने र पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र सुरक्षाकर्मीलाई दिइने मन्त्री त्रिपाठीले बताउनु भयो ।

