
धादिङ पुस ५ । नेपाली काँग्रेस धादिङका कार्यकर्ताले धादिङबेसी सदरमुकामको मुख्य सडकमा बेलुका ५:५० बजे मशाल जुलुस प्रदर्शन गरेका छन् ।
प्रतिनिधिसभा विघटन विरुद्ध मशाल जुलुस निकालेका काँग्रेस कार्यकर्ताहरुले नेपाली काँग्रेस जिन्दावाद, केपी ओली मुर्दावाद, संघीय लोकतान्त्रिक गणतन्त्र जिन्दावाद जस्ता नारा लगाएका थिए ।
