नेपालमा कोरानाको कारण मृत्यु हुनेको सङ्ख्या १७ सय नाघ्यो

Avatar photo
Dhadingpost
मंसिर २९, २०७७

काठमाडौं मंसिर २९ । नेपालमा कोरोना भाईरस सङ्क्रमितको सङ्ख्या दुई लाख ४९ हजार पुगे सँगै मृतकको सङ्ख्या पनि १७ सय नाघेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै नेपालका विभिन्न जिल्लामा थप ८२१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र १८ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।