गजल

Avatar photo
Dhadingpost
मंसिर २९, २०७७

बाँडफाँड भयो माया धोका, खाएपछि खुसी,
ऊ भाग्यमानी,सुन्दर पति पाएपछि खुसी ।
भन्थी, तिमी दु:खी भएको हेर्न सक्दिन,
आज पागल बनाई हँसाए पछि खुसी ।
माया, प्रेम एउटा नमिठो सपना बनाए,
बिहानीले मलाई विउँझाए पछि खुसी ।
दुखेको मन भुलाउने सजिलो बाटो रोजे,
भट्टी साहू मैले बोतल समाए पछि खुसी ।
बच्चा होइन ठूलै मान्छे,खेलौना रुचाउने,
सम्बन्धलाई नै खेलौना,बनाए पछि खुसी ।
इच्छा अझै थिए बाध्यताले छोड्नु पर्यो,
एउटै रहरले जीवन सिध्याए पछि खुसी ।

अविरल आँसु श्रेष्ठ