बालमन्दिर स्कुलको भवन, यस्तो बन्ने, आज शिलान्यास गरियो

Avatar photo
Dhadingpost
मंसिर १९, २०७७
यस्तो बन्दै छ, बाल मन्दिर स्कुलको भवन

धादिङ मंसिर १९ । धादिङ बेसी स्थित बालमन्दिर माध्यामिक विद्यालय भवनको नीलकण्ठ नगरपालिकाका प्रमसख भिम प्रसाद ढुङ्गानाले उद्घाटन गर्नुभएकोछ ।

एसियाली विकास बैंक (एडीबी) को ३ करोडको लागतमा निमार्ण हुन लागेको उक्त ९ कोठे भवनको नगर प्रमुख ढुङ्गानाले शुक्रबार बिहान एक कार्यक्रमका बीच शिलान्यास गर्नुभएको हो ।

शिलान्यास कार्यक्रममा उपप्रमुख मनराज भण्डारी, जनप्रतिनिधिहरु, विद्यालयका शिक्षक, अभिभावकहरुको उपस्थिति रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक कोईरालाले धादिङपोष्टलाई जानकारी दिनु भयो ।