मलेखुमा २ केजी चरेश बरामद, त्रिपुरासुन्दरीका खिलमान गुभाजु पक्राउ

Avatar photo
Dhadingpost
मंसिर १९, २०७७

रामचन्द्र थापा
धादिङ मंसिर १९ ।
धादिङको त्रीपुरासुन्दरी गाउँपालिका बस्ने खिलमान गुभाजु र दाङ लमही प्रकाश गाहा मगर गजुरीबाट पक्राउ परेका छन् । उनीहरुको साथबाट प्रहरीले २ केजी चरेश समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

गजुरी गाउँ पालिका २ मलेखु बजारबाट बिहिबार बेलुका १० बजे विशेष सूचनाको आधारमा मलेखुमा चेक जाँच गर्ने क्रममा चरेश सहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौंबाट पोखरा जाँदै गरेको बा ३ ख २३९४ नम्बरको हाइसको पछाडिको सिटमुनी कार्टुनमा र्‍यापिङ पेपरले बेरिएर लुकाइ छिपाइ ल्याएको २ केजी चरेस फेला परे सँगै प्रहरीले गाडी चालक ४० वर्षिय गुभाजु र सह चालक २१ वर्षिय गाहा मगर पक्राउ परेका हुन् । उनीहरुलाई लागू औषध ओसारपसार सम्बन्धि मुद्दा चलाउने तयारी भएको प्रहरीले जनाएको छ । फोटो फाईल