
धादिङ मंसिर १३ । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल बागमती प्रदेशको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
प्रतिष्ठान केन्द्रका पूर्व अध्यक्ष तथा लोक दोहोरी गायक चन्द्र शर्माको प्रमुख आथित्यतामा दोस्रो वार्षिक साधारण सभा शुक्रबार काठमाडौंमा सम्पन्न भएको प्रकाश विनायकले धादिङपोष्टलाई बताउनु भयो ।
साधारण सभामा दिपक खड्का, राधिका हमाल, कृष्ण रेउले, रमेश राज भट्टराई, उपत्यका समन्वय समितिका अध्यक्ष सुजन लम्साल लगायतको आतिथ्यता रहेको थियो भने १३ वटै जिल्लाका प्रतिनीधिहरुको उपस्थिति रहेको थियो ।
