धादिङमा कोरोनाबाट थप एक ५४ वर्षिय महिलाको मृत्यु

Avatar photo
Dhadingpost
मंसिर ११, २०७७

धादिङ मंसिर ११ । धादिङमा कोरोना संक्रमणबाट थप एक ५४ वर्षिय महिलाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

ब्रेन ट्युमरबाट पिडित नीलकण्ठ नगरपालिका ४ बस्ने ५४ वर्षीया महिलाको काठमाडौँ स्थित अन्नपुर्ण न्युरो अस्पतालमा कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालय धादिङले पुष्टि गरेको हो ।

धादिङ घर भई भारतमा रोगजारी गर्दै आएका ज्वालामुखीका १ जना, ज्वालामुखी चैनपुर घर भई काठमाडौ बस्दै आएका १ जना कोरोना संक्रमण भई मृत्यु भएको स्वास्थ्य कार्यालयले आफ्नो सूचीमा राखेको छैन यो समेत गरी धादिङमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १८ जना रहेको छ ।

अहिले सम्म धादिङमा कोरोनाको कारण मृत्यु हुनेमा

  • नीलकण्ठ नगरपालिकामा ७ जना
  • गजुरी गाउँपालिकामा २ जना
  • त्रीपुरा सुन्दरी गाउँपालिकामा २ जना
  • ज्वालामुखी गाउँपालिकामा २ जना (स्वास्थ्य कार्यालयमा सुचिकृत नभएको)
  • बेनीघाट रोराङमा १ जना
  • गंगाजमुना गाउँपालिकामा १ जना
  • नेत्रावती डब्जोङ गाउँपालिकामा १ जना
  • थाँक्रे गाउँपालिकामा १ जना
  • सिद्धलेक गाउँपालिकामा १ जना