
रामचन्द्र थापा
धादिङ मंसिर ७ । धादिङको धादिङ जिल्ला गजुरी गाउँपालिका ५ गलौदि स्थित पृथ्वी लोकमार्गमा ट्रिफर कार एक आपसमा ठोकिँदा धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका स्थित सल्यानटारका २४ वर्षिय दिपेश केसीको मृत्यु भएको छ ।
मुग्लिनबाट काठमाडौ तर्फ जाँदै गरेको बा २ ज २३५६ नम्बरको कार र विपरीत दिशाबाट आएको बा ४ ख ८१४३ नम्बरको ट्रिफर आईतबार बिहान ६ः२५ बजे एकआपसमा ठोकिएर दुर्घटना हुँदा कार सल्यानटारका दिपेश केसीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको हो ।
उक्त दुर्घटनामा परि अन्य ३ जना घाईते भएछन् घाईते मध्ये दाङ जिल्ला शान्तिनगर नपा ९ बस्ने ३८ वर्षिय वर्षा केसी र कलङ्की बस्ने सुधिर सुवेदी गम्भीर घाईते छन् भने अर्का १ जना सामान्य घाईते भएको प्रहरीले जनाएको छ। घाईतेको गजुरी सामुदायिक हस्पिटलमा सामान्य उपचार पछि काठमाडौ ट्रमा सेन्टर रिफर गरिएको छ ।

