खानीखोलामा ट्रकको ठक्करबाट ८ वर्षिय बालकको मृत्यु

Avatar photo
Dhadingpost
मंसिर ३, २०७७

रामचन्द्र थापा
धादिङ मंसिर ३ ।
धादिङको धुनबिेसी नगरपालिका ७ पृथ्वी राजमार्ग स्थित खानिखोलामा ट्रकले ठक्कर दिँदा एक ८ वर्षिय बालकको मृत्यु भएको छ ।

काठमाडौबाट नारायणगढ तर्फ जाँदै गरेको ना ६ ख ४९४७ नम्बरको ट्रकले बुधबार दिनको ४ बजे बाटो काट्ने क्रममा धुनबेसी न पा ७ बस्ने चन्द्र बहादुर तामाङको छोरा ८ वर्षिय समिर तामाङलाई ठक्कर दिंदा मृत्यु भएको प्रहरीले जनाएको छ ।