तिहारमा गुलियो र चिल्लो भन्दा भाइमसला स्वास्थ्य बर्धक

Avatar photo
Dhadingpost
कार्तिक ३०, २०७७

काठमाडौं कार्तिक ३० । नेपालीहरुको दोस्रो ठुलो पर्व तिहारमा बन्ने अधिकांश परिकारहरुमा चिल्लो र गुलियोको मात्रा धेरै हुन्छ । गुलियो र चिल्लो धेरै खानु स्वास्थ्यको दृष्टिले राम्रो मानिदैन । त्यस्तै एकैपटक धेरै पकाएर पटकपटक खानाले चाडपर्बमा फुड पोइजनको जोखिम हुने पोषण बिज्ञहरु बताउँछन् ।

सेलरोटी पनि धेरैदिन राखेर पटकपटक तताएर खानु स्वास्थ्यका लागि अस्वस्थ्य मानिन्छ । सेल, अनरसा, मिठाईं सबैमा चिनी प्रयोग गरिएको हुन्छ । चिनी गुलियो हुन्छ, त्यसैले धेरैलाई मन पनि पर्छ । यद्यपि स्वास्थ्यका दृष्टिकोणले धेरै गुलियो खानु स्वास्थ्यलाई राम्रो मानिँदैन ।

खाली पेटमा सेलरोटी र मिठाई खानुहुँदैन ।सेलरोटी पकाएर धेरै दिन राखेर पटकपटक तताएर खानुपनि हानिकारक मानिन्छ । सेलरोटी मिठाइ कम र फलफूल, सागपात बढी खाने पानी प्रशस्त पिउनु पर्छ ।

मिठाइ, सेल, चिल्लो गुलियो भन्दा तिहारको समयमा प्रयोग हुने भाइमसला स्वास्थ्यका लागि राम्रो मानिन्छ । काजु, किसमिस, बदाम, ओखरलगायत स्वास्थ्यका लागि फाइदाजनक हुन्छन । अत्यधिक सेलरोटी र मिठाईको सट्टामा भाइमसला खानु उपयुक्त मानिन्छ ।
स्वास्थ्य बर्धक