धादिङमा ‘देउसी भैलो’ खेले कारवाही हुने

Avatar photo
Dhadingpost
कार्तिक २९, २०७७

धादिङ कार्तिक २९ । नेपालीहरुको दोस्रो ठुलो पर्व तिहार सुरुभैसकेको छ । लक्ष्मीपुजाको दिन साँझबाट सुरु हुने ‘देउसी भैलो’ यस वर्ष कोरोना भाईरसका कारण प्रभावित बनेको छ ।

कोभिड १९ संकट व्यवस्थापन केन्द्र धादिङको बैठकले कोरोना भाईरसको संक्रमण फैलन सक्ने भन्दै यो वर्ष देउसी नखेल्न आग्रह आव्हान गर्दै यहि कसैले ‘देउसी भैलो’ खेलेमा संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही गरिने निर्णय गरेको छ ।

शुक्रबार भएको उक्त बैठकले एकाघर परिवारमा वसिरहेका सदस्यहरु बाहेक नाता कुटुम्ब तथा छरछिमेकीहरु भेला नहुने, जुवा तास र मादक पदार्थ सेवन गरी हुल हुज्जत र होहल्ला साथै पटका पड्काउने कार्य गर्न र गराउन नपाईने, बजार व्यवसाय संचालन गर्दा जनस्वास्थ्य र सुरक्षाका मापदण्ड पूरा गरी संचालन गर्नुपर्ने, मेला‚ पर्व‚ जात्रा‚ महोत्सव कन्सर्ट जस्ता भिडभाड हुने कार्य नगर्न समेत आव्हान गरेको छ ।