धादिङका बोदनाथ दुवाडीद्वारा नेपाल उद्योग बाणिज्य महासंघको सदस्य पदमा उम्मेद्वारी

Avatar photo
Dhadingpost
कार्तिक २८, २०७७
OLYMPUS DIGITAL CAMERA

धादिङ कार्तिक २८ । धादिङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बोदनाथ दुवाडीले नेपाल उद्योग बाणिज्य महासंघको सदस्य पदमा उम्मेद्वारी दिनु भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालको प्यानलबाट दुवाडीले जिल्ला नगरतर्फबाट सदस्य पदको लागि उम्मेदवारी दिनु भएको हो ।

वाग्मती प्रदेशका १६ जिल्ला नगर अध्यक्षमध्ये १२ ओटा जिल्ला नगर अध्यक्षले वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालको प्यानललाई एकछापे भोट हाल्ने उद्घोष गरि सकेका छन् । उम्मेदवार सहित जिल्ला अध्यक्षहरु चुनावको लागि चन्द्रप्रसाद ढकालको प्यानललाई जिताउन भोट माग्न जिल्ला दौडाहामा छन् ।

नेपाल उद्योग बाणिज्य महासंघको ५४ औं अधिबेशन यहि मंसिर ११,१२ र १३ गते काठमाण्डौंमा हुन गैरहेको छ ।