
धादिङ कार्तिक २८ । धादिङबेसी सदरमुकाममा रहेको धादिङ जिल्ला अस्पताललाई बागमती प्रदेश सरकारले शव वाहन उपलब्ध गराएको छ ।
प्रदेश सरकारले उपलब्ध गराएको बा.१ झ. ५२८७ नम्बरको शव वाहन बिहिबार बेलुका जिल्ला अस्पताल आईपुगेको हो । हाल सम्म जिल्ला अस्पतालमा एउटा पनि शव वाहन थिएन ।
शव वाहन पठाएको जानकारी दिँदै बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेले धादिङपोष्टलाई भन्नुभयो , नयाँ पठाउन केहि समय लाग्ने भएकोले अहिले पुरानो पठाएका हौं, धादिङ अस्पतालमा नयाँ शव वाहन नै प्रदेश सरकारले दिन्छ ।
