
धादिङ कार्तिक २० । धादिङबेसी सदरमुकाममा रहेको जिल्ला अस्पताल धादिङमा बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको सहयोगमा दुईवटा भेन्टिलेटर राख्ने तयारी भएको छ ।
अस्पतालले दुई भेन्टिलेटर र आठवटा आइसीयू शय्यासहितको थप सेवा दिन निरन्तर लागिरहेको र एक सातापछि अस्पतालले सेवा शुरु गर्न सकिने अवस्थामा पुगेको जनाएको छ ।
धादिङ जिल्ला अस्पतालमा संघ र प्रदेशबाट उल्लेख्य मात्रमा सहयोग निरन्तर आई रहेपनि अस्पतालको व्यवस्थापकीय पक्ष अत्यन्त फितलो हुने गरेको आरोप लाग्ने गरेको छ ।
