
धादिङ कार्तिक १७ । धादिङ नीलकण्ठ नगपालिका वडा नम्बर ३ निवासी कोरोना भाईरस संक्रमित ६१ वर्षिय महिलाको मृत्यु भएको छ ।
चितवन स्थित भरतपुर अस्पतालमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । हाल सम्म धादिङमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १३ जना पुगेको छ ।

